शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारको नीति तथा कार्यक्रमप्रति दलका नेताहरुको फरक फरक प्रतिक्रिया

बिहीबार, ११ जेठ २०७४, १९ : १३
बिहीबार, ११ जेठ २०७४
काठमाडौं, जेठ ११– सरकारले ल्याएको नीति तथा कार्यक्रमको विभिन्न दलका नेताहरुले फरक फरक प्रतिक्रिया दिएका छन् । विपक्षी दलका नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमको औचित्य नरहेको बताएका छन् भने सत्तारुढ दलका नेताहरुले संविधान कार्यान्वयन गर्ने गरी ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै दल एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् । प्रमुख प्रतिपक्ष एमालेका नेता एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारको टुंगो नै नभएको बेला ल्याइएको नीति तथा कार्यक्रमको औचित्य नहुने दावी गरे । सरकारको नीति तथा कार्यक्रम पेश भएपछि संसदबाट बाहिरिने क्रममा संचारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम नयाँ बन्ने सरकारले कार्यान्वयनमा लैजान्छ भन्ने ग्यारेन्टी नभएको बताए । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सबै दल मिलेर अघि बढनुको विकल्प नरहेको उल्लेख गरे । उनले सरकारले नीति पनि संविधान कार्यान्वयन गर्न केन्द्रित रहेको बताए । राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्र राय यादवले मधेश आन्दोलनलाई सम्बोधन गर्ने प्रतिवद्धतासहित नीति तथा कार्यक्रम आएकाले सकारात्मक रुपमा लिइएको बताए । मुलुकलाई निकास दिन सबै दल मिलेर अघि बढनुपर्नेमा नेताहरुको जोड थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप