यस्तो छ, कामपाको अन्तिम चरणको मतपरिणाम
बिहीबार, ११ जेठ २०७४, २० : २३
काठमाडौँ, जेठ ११ – काठमाडौँ महानगरपालिकामा अब आठ वटा वडाको मात्र मतपरिणाम आउन बाँकी रहँदा नेकपा(एमाले) को अग्रता कायमै छ ।
बत्तीस वडा रहेको सो महानगरमा २४ वडाको नतिजा सार्वजनिक भइसक्दा एमालेका विद्यासुन्दर शाक्यले ५२ हजार ३९० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रमुख पदकै लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजुराज जोशीले ३६ हजार ९८१ मत ल्याउनुभएको छ । नेकपा९माओवादी केन्द्र०का सर्वोत्तम डङ्गोलले पाँच हजार ९७८, साझा पार्टीका किशोर थापाले १४ हजार ८६१ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २५६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखका लागि काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायम गरिराख्नुभएको छ । उहाँले हालसम्ममा ४८ हजार १०१, राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४२०, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५३ र साझा पार्टीकी निरुपमा यादवले नौ हजार ४७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
एक लाख ७२ हजार ६८३ मत खसेकामा हालसम्ममा एक लाख ५९ हजार १७५ मत गणना भइसकेको छ । हालसम्ममा १३ वटा वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण