शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सेल्फी खिच्ने चक्करमा दुई किशोर नारायणीमा बेपत्ता

बिहीबार, ११ जेठ २०७४, २० : ३०
बिहीबार, ११ जेठ २०७४
परासी, जेठ ११ – नारायणी नदिमा सेल्फी फोटो खिच्न पुगेका २ जना १७ वर्र्षे किशोरको नदीमा डुबेर बेपत्ता भएका छन् । नवलपरासीको गैंडाकोट  १ स्थित बिट्रिस क्याम्पमा पुगेका तिनीहरु नारायणी नदी सहितको सेल्फी खिंच्न खोज्दा ढुंगामा लडेर नदीमा डुब्न पुगेका हुन् । ढुंगा खुट्टा ठोकिएर नदीमा डुब्न पुग्दा अर्काेले उसलाई बचाउने प्रयासमा खुट्टा चिप्लिएर दुबै डुब्न पुगेको ईलाका प्रहरी कार्यालय गंैडाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार नदीमा डुबेर बेपत्ता पर्नेमा गैंडाकोट २ बस्ने १७ वर्षिय किशोर आशिष श्रेष्ठ र गैंडाकोट ८ बस्ने १७ वर्षिय भुपेन्द्र केसी रहेको जनाएको छ । दिउसाँ ३ बजेर ३० मिनेटको समयमा नारायणीको छेउमा सेल्फी खिच्न प्रयास गरेका ति दुवै बालक डुबेर बेपत्ता परेपछि स्थानिय प्रहरीलाई खबर गरेका थिए । डुबेको खबर पाएर प्रहरीले ति बालकहरुको खोजी कार्य जारी राखेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप