शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

बिहीबार, ११ जेठ २०७४, १८ : ३३
बिहीबार, ११ जेठ २०७४
कैलाली, जेठ ११ – नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । धनगढी उपमहानगरपालिका–१ बाट अध्यक्षका आकाङ्क्षी उम्मेदवार कृष्णबहादुर कुँवरको नेतृत्वमा वडा नं ५ बाट वडाध्यक्षका आकाङ्क्षी उम्मेदवार टेकराज ओझा, वडा नं १ का पूर्वाध्यक्ष कृष्णबहादुर मल्ललगायत युवाले तालाबन्दी गरेका हुन् । समानुपातिक र निष्पक्ष रुपमा टिकट वितरण नगरिएसम्म तालाबन्दी यथावत् राख्ने असुन्तष्ट पक्षले चेतावनी दिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप