शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उम्मेदवारी छनौटको विवादले कांग्रेस कैलालीको पार्टी कार्यालयमा ताला

बिहीबार, ११ जेठ २०७४, २० : ४६
बिहीबार, ११ जेठ २०७४
टंक कुवर कैलाली, जेठ ११ – नेपाली कांग्रेस कैलालीमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी छनौटको बिषयमा विवाद हुदा पार्टी कार्यालय कैलालीमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेस भित्र देउबा पक्ष र पौडेल पक्षबीच उम्मेदवार छनौटका बिषयमा कुरा नमिल्दा पार्टी कार्यालय कैलालीमा तालाबन्दी गरिएको हो । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा देउबा पक्षले एकलौटी उम्मेदवार चयन गरेको आरोप लगाउ“दै पौडेल पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गर्नुका साथै रिले अनसन समेत राखेका छन् । धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा देउबा पक्षका नेताहरुले एकलौटी रुपमा आफुहरुसंग कुनै छलफल नै नगरी कार्यालयको ढोका बन्द गरेर उम्मेदवार छनौट गरेकाले आफुहरुले तालाबन्दी र रिले अनसन गर्नुपरेको ने.वि. संघका पूर्व अध्यक्ष कृष्ण कुवरले जानकारी दिए । देउबा पक्षका नेताहरुले एकलौटी ढंगबाट उम्मेदवारी छनौट गर्दै जाने हो भने आफुहरुले धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा उम्मेदवारी दिने तयारी भइरहेको पौडेल पक्षका नेताहरुले जानकारी दिएका छन् । स्थानीय तहको चुनाव नजिकिदै गर्दा कैलाली कांग्रेसले अहिलेसम्म पनि उम्मेदवारको टुंगो लगाउन नसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप