शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ट्याक्टरको ट्रली च्यापिएर बालिकाको मृत्यु

बिहीबार, ११ जेठ २०७४, २१ : ४७
बिहीबार, ११ जेठ २०७४
अमर पासमान सिरहा, जेठ ११– सिरहाको गोलबजार नगरपालिका– ४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले च्यापिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ वर्र्षीया रागनी कुमारी ठाकुर रहेकी छिन् । विहान ११ बजेतिर स १ त ४९३४ नम्बरको इँटा बोकेको टयाक्टर अन्यन्त्रित भई पल्टिदा पैदल हिड्दै गरेकी बालिका किचिएकी थिइन् । ट्याक्टरले किचिएर गम्भीर घाइते भएकी बालिकाको राउ स्मारक अस्पाताल लहानमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो । ट्याक्टरका चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप