शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगर अपडेटः एमालेका शाक्य विजय उन्मुख

बिहीबार, ११ जेठ २०७४, २२ : १०
बिहीबार, ११ जेठ २०७४
काठमाडौं, जेठ ११– वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रममा काठमाडौं महानगरपालिकाको मतगणना अन्तिमतिर आइपुगेको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले १५ बढी मत अन्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाअनुसार शाक्यले ५२ हजार ३ सय ९० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले ३६ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै, विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २ सय ५६ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाको १४ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तममान डंगोलले ५ हजार ९ सय ७८ मत पाएका छन् । काठमाडौं महानगरको उपमेयरमा भने नेपाली काँग्रेसको अग्रता छ । काँग्रेसकी हरीप्रभा खड्गीले ४८ हजार १ सय १ मत प्राप्त गरेकी छन् भने एमाले समर्थनका राप्रपा उम्मेदवार राजाराम श्रेष्ठले २८ हजार ४ सय २० मत प्राप्त गरेका छन् । उपमेयरमा साझा पार्टीकी निरुपमा यादवको ९ हजार ४ सय ७६ मत रहेको छ भने माओवादी केन्द्रकी सुशीला पौडेलको ८ हजार ५३ मत रहेको छ । काठमाडौं महानगरपालिकामा २ लाख ७९ हजार ३ सय ६ मतदाता मध्ये डेढ लाख बढी मत खसेको थियो । मतगणना अब थोरै मात्र रहेकाले शुक्रबारसम्म नतिजा आउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप