अमेरीकाको मिडलटाउन शहरको योजना आयोगमा नेपाली नियुक्त
बिहीबार, ११ जेठ २०७४, २२ : २५
काठमाडौं, जेठ ११– अमेरीकाको मिडलटाउन शहरका लागि नेपाली मूलका लिङ्कन एभरेष्ट (प्रदीप पौडेल) योजना आयुक्तमा नियुक्त भएका छन् ।
उनी प्रदीप पौडेल नाम भएपनि लिङ्कन एभरेष्टका नामले अमेरीकामा चिनिन्छन् ।
मिडलटाउन शहरका नगर प्रमुख डानिएल टी ड्रियुले गत फेब्रअरी ६ तारिखमा नियुक्त गरेका हुन् । मिडलटाउन लागि एभेरेष्टसहित जम्मा ८ जना योजना आयुक्तमा नियुक्त भएकामध्ये ७ जना अमेरिकन मुलका छन् ।
झन्डै २८ बर्ष अगाडि अमेरिका पुगेका उनी सामाजिक कामहरुमा सकृय छन् । २०२० साल वैँशाख २३ गते काठमाडांैको कमलपोखरीमा जन्मिएका एभरेष्ट ब्यवसायका लागि अमेरीका पुगेर अहिले ब्यवसायीहरुलाई परामर्शदाताका रुपमा काम गर्दै आएका छन् ।
यसरी नेपाली मुलका मानिस अमेरीकाको यो पदमा पुग्न पाउनु सबै नेपाली समुदायको लागि गर्वको बिषय भएको छ ।
उनले अमेरीकामा बस्दा नेपालीलाई केही समस्या परेमा आफूलाई सम्पर्क गर्न पनि आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण