शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इनरुवाकोे ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

शुक्रबार, १२ जेठ २०७४, ०८ : ३९
शुक्रबार, १२ जेठ २०७४
इनरुवा - सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बबिया–९ बस्ने सजार खाँ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घाइते भएका छन् । बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नंको ट्र्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना हँुदा सजार र सरुख गम्भीर घाइते भएका तथा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएकोमा उचारका क्रममा सजारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परी गम्भीर घाइते भएका सरुखको ढाड र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप