शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुरका तीन पत्रकार विजयी

शुक्रबार, १२ जेठ २०७४, ०८ : ४७
शुक्रबार, १२ जेठ २०७४
हेटौँडा - स्थानीय तह निर्वाचनमा मकवानपुरका तीनजना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट छ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए । पत्रकार सवीन न्यौपाने हेटौँडा–१ का वडाध्यक्ष, नवीन सिग्देल हेटौँडा वडा नं ४ का वडाध्यक्ष र देवराज रिमाल हेटौँडा–७ का वडा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनमा होमिएका नेपाली काँग्रेसबाट एक, नेकपा ९एमाले०का तर्फबाट तीन र नेकपा ९माओवादी केन्द्र०बाट एकमध्ये एमालेका कुमार नेगी थाहा–३ को वडाध्यक्षमा, धु्रवराज ढकाल र सन्तोष न्यौपाने हेटौँडा–१० को वडाध्यक्षमा पराजित भए । युवा पुस्ताका पत्रकार सवीन न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष छन् । उनी जिल्लामा रहेका विभिन्न सङ्घसंस्थामा सक्रिय हुनाले काँग्रेस हेटौँडा १ नं एकाइ समितिले सर्वसम्मत उम्मेदवारका रुपमा पार्टीमा सिफारिस गरेको थियो । उहाँ साझा कुरा राष्ट्रिय दैनिकका प्रकाशक र सम्पादकसमेत हुनुहुन्छ । सिग्देल ‘हेटौँडा टुडे’का सम्पादक र रिमाल ‘थाहा सन्देश’मा आबद्ध प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप