शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कुलो भत्काइदिएपछि गाउँ अन्धकार

शुक्रबार, १२ जेठ २०७४, ०८ : ५०
शुक्रबार, १२ जेठ २०७४
तेह्रथुम - आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका करिब २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । आठराई गाउँपालिका–२, खाम्लालुङमा रहेको २२ किलोवाट क्षमताको कोयाखोला जलविद्युत् आयोजनाको कुलो स्थानीय जग्गाधनी लक्ष्मी सुनारले भत्काइदिएका हुन् । कुलो भत्किएपछि दुई दिनदेखि आयोजनाको उत्पादन ठप्प छ । विद्युत् अवरुद्ध भएपछि गाउँका २०० परिवार अन्धकारमा बस्न बाध्य भएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताए । सुनारले कुलोबाट पानी बग्दा आफ्नो जग्गामा पहिरो गएको भन्दै पटक पटक गुनासो गर्दै आएका थिए । बुधबार उनले आयोजनाको करिब १० मिटर कुलो भत्काइदिएका छन् । सुनार पाँचथरको फिदिममा व्यवसाय सञ्चालन गरेर बस्छन् । आयोजनाको कुलोमा क्षति पु¥याउने व्यक्तिलाई छानबिन गरी कानुनी कारबाहीको माग गर्दै उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारमा उजुरी गरिएको समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । विसं २०६४ मा निर्माण भएको परियोजनाको कुलो उपभोक्ता समितिले भने सरकारी जग्गामा पर्ने दाबी गरेको छ । केही साताअघि वर्षा र बाढीले क्षति गरेको आयोजनामा साता दिनसम्म लगाएर स्थानीयवासीले श्रमदानसमेत गरेर बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप