भूकम्पप्रभावित विद्यालय पुनःनिर्माण हुँदै
शुक्रबार, १२ जेठ २०७४, ०८ : ५८
रामपुर पाल्पा - पाल्पामा भूकम्पबाट भौतिक क्षति पुगेका एक्काइसवटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् ।
विसं २०७२ को विनाशकारी भूकम्पबाट जिल्लाका ११५ विद्यालयका भवनमा भौतिक क्षति पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त भवनमध्ये छकोठे चारवटा भवन, आठकोठे चारवटा र चारकोठे १३ भवन पुनःनिर्माणका क्रममा छन् ।
छकोठे भवनअन्तर्गत दरैठाँटी मावि रामपुर, जनप्रिय मावि हेक्लाङ, कृष्णादेवी मावि गाडाँकोट र भैरव नवदीप मावि छहरा रहेका छन् भने आठकोठेतर्फ रामतुल्सी मावि रामपुर, भैरव जनता मावि भैरवस्थान, जनप्रिय मावि तानसेन र त्रिभुवन मावि अर्गलीको विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।
यसैगरी, जिल्लामा १३ वटा विद्यालयका चारकोठे भवनको पुनःनिर्माण भइरहेकामा जनहित भगवती मावि हुमिन, दर्लमडाँडा मावि दर्लमडाँडा, अमृत पब्लिक मावि पीपलडाँडा, पृथ्वी प्रकाश मावि कोलडाँडा, भानुभक्त मावि रामपुर, बेदवेदाङ्ग मावि सिद्धेश्वर रहेका छन् ।
यस्तै, चारकोठे भवन शारदा मावि मदनपोखरा, दोभान मावि दोभान, सत्यवती मावि सत्यवती, रविकिरण मावि पीपलडाँडा, गङ्गा मावि रामपुर, सातपोखरी मावि गोठादी र राम मावि खानीछापको विद्यालयको भवन आउँदो असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न गर्ने गरी काम तीव्र भइरहेको जिल्ला शिक्षा कार्यालय, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।
क्षतिग्रस्त दुईकोठे र तीनकोठे गरी ९४ वटा विद्यालयका भवन गतवर्ष नै पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण