पोखरामा हुन्डाईको एक्सचेन्ज क्याम्प आजदेखि
पोखरा, १२ जेठ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्तर्गतको हुन्डाई सोरुम पोखराले तीन दिने हुन्डाई एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ । शुक्रबार शुरु हुने कार्यक्रम आइतबारसम्म जारी रहनेछ । हुन्डाई मोडलका सबै गाडीमा यो योजना लागु हुने विज्ञप्तिमा जनाइएको छ । ‘ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न एक्सचेन्ज क्याम्प गरिएको हो,’ विज्ञप्तिमा प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एक्सचेन्जसँगै हुन्डाईले आप्mना ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज र भ्यालुएसन तथा एक्सचेन्ज बोनसको सुविधा उपलब्ध गराएको सेल्स एण्ड अपरेसन इन्चार्ज भीमसिंह खत्रीले जानकारी दिए । कार्यक्रममा एक्सचेन्जका साथै टेष्ट ड्राइभ एण्ड विन लगायतका मनोरञ्जनका कार्यक्रमहरु पनि समावेश गरिएको छ । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेका मध्येबाट लक्की ड्रका आधारमा भाग्यसाली ग्राहकलाई स्मार्ट फोन प्रदान गरिने छ । ग्राहकको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने क्रममा पोखरामा एक्सचेन्ज कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण