ट्रम्पले पहिलो पटक चीनलाई दिए यस्तो धम्की, भड्कियो चीन
बीबीसी
जेठ १२ – दक्षिणी चीन सागरमा चीनले बनाएको कृत्रिम द्वीप नजिकै बुधबार एक अमेरिकी युद्धपोत पुग्यो ।
डोनल्ड ट्रम्पको हातमा अमेरिकी सत्ता आएपछि दक्षिण चीन सागरमा चीनियाँ दाबीले पहिले पटक यस्तो चुनौती पाएको हो ।
अमेरिकी मिडियाको नाम नखुलाइएको सूत्रका अनुसार यूएसएस डिवी युद्धपोत चीनको कृत्रिम द्वीपबाट १२ नौटिकल मिल टाढा पुगेको थियो ।
चीनका अनुसार अमेरिकी युद्धपोत उनको जलक्षेत्रमा बिना अनुमती आएको थियो र त्यहाँका नौसेनाले तत्काल त्यहाँबाट जाने चेतावनी दिए ।
यद्यपी, अमेरिकाले आफू कुनै पनि अन्तर्राष्ट्रिय जलसेनामा आफ्नो अभियान जारी राख्न सक्छ भनी दाबी गर्यो । अमेरिकाले आफूले क्षेत्रीय विवादमा कसैको पनि पक्ष नलिने तर अमेरिका विवादित द्विपमा सैन्य जहाज र लडाकू विमान पठाउन सक्ने भनी टिप्पणी गरिरहेको छ ।
अमेरिकाको भनाई अनुसार समुन्द्र र हवाई क्षेत्रमा आफ्नो सैन्य मरिन बिना रोकटोक आवतजावत हुनुपर्नेमा विश्वास राख्छन् । अमेरिका रणनीतिक जलक्षेत्रमा सैन्य मरिनाको आवतजावत सिमित गरेकोमा आलोचना गर्ने गर्दछ ।
चीन पूरा दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दछ । अर्कोतर्फ अन्य देश पनि दक्षिण चीन सागरको द्वीपमाथि दाबी गर्दछ ।
चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले अमेरिकाको यो कदमको निन्दा गरेको छ । उनका अनुसार अमेरिकाको यो कदमले चीनको सम्प्रभुता र सुरक्षा हितलाई नोक्सानी पुगेको छ र यसले हवाई र समुन्द्री दुर्घटनालाई बढावा दिनेछ ।
उनले भने, ‘जुन स्वतन्त्र उडान र सैन्य मरिनको आवतजावतले चीनको सम्प्रभुता र सुरक्षा हितमाथि चोट पुगेको छ म त्यसको विरोध गर्दछु । यो विषयमा चाहे जुन पनि देश होस्, त्यसको म जोडदार तरिकाले विरोध गर्दछु ।’
उनका अनुसार चीन र थुप्रै एशियाली देश दक्षिण चीन सागरमाथि भइरहेको विवादलाई कम गर्ने कोसिसमा लागेका छन् । उनले भने, ‘अमेरिकाको यो कदमले संवाद र सम्पर्कको प्रक्रियामा चोट पुगेको छ ।’
चीनले दक्षिण चीन सागरमा कृत्रिम द्वीप र सैन्य अड्डा बनाएपछि विवाद अझै चुलिएको छ ।
चीन र अमेरिका एक अर्कामाथि दक्षिण चीन सागरमा सैन्यीकरणलाई बढावा दिएको आरोप लगाउने गर्दछन् ।
दक्षिण चीन सागरको विवादले एक वैश्विक चिन्ताको रुप लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण