शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

शुक्रबार, १२ जेठ २०७४, ०९ : ३४
शुक्रबार, १२ जेठ २०७४
पथरी मोरङ - नेपाल प्रेस युनियन मोरङको संयोजनमा रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ । दाताका तर्फबाट रमाप्रसादका छोरा सुवास रिजाल संरक्षक रहनेगरी विराटनगर कञ्चनबारीस्थित सिर्जना फाइनान्सको शाखा कार्यालयमा बैंक खाता सुरु गरिएको हो । फाइनान्सको कञ्चनबारी कार्यालयमा बिहीबार एक कार्यक्रमबीच पुरस्कारका संस्थापक सुवास रिजालले युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदितलाई अक्षयकोषका लागि रु दुई लाखको चेक बिहीबार बेलुका एक समारोहका बीच हस्तान्तरण गरे । राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएका ८९ वर्षीय रिजालले व्यावसायिक पत्रकारलाई हौसला दिन अक्षयकोष खडा गरिएको बताए । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियनका जिल्ला उपाध्यक्ष कुमार लुइँटेल, सिर्जना फाइनान्स कञ्चनबारीका प्रमुख योगेन्द्र खनाललगायतले जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्ने वातावरण बनाइनु सकारात्मक भएको चर्चा गरे । प्रेस युनियनको स्थापना दिवसका अवसरमा हरेक वर्ष जेठ १३ गते एकजना पत्रकारलाई अक्षयकोषबाट प्राप्त ब्याजबाट पुरस्कार समर्पण गरिने अध्यक्ष नवोदितले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप