शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरमा अग्रता बढाउँदै देवी, रेणु फेरि पछाडि परिन्

शुक्रबार, १२ जेठ २०७४, ०९ : ३०
शुक्रबार, १२ जेठ २०७४

चितवन, चैत १२ – भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका लागि नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीले आफ्नो अग्रता पुनः फराकिलो बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले नेकपा माओवादी केन्द्रीकी उम्मेदवार रेणु दहाललाई १ हजार ४ सय ५९ मतले पछि पारेका छन् ।

पछिल्लो मतगणना सकिँदा एमाले उम्मेदवार देवी ज्ञवालीले ३३ हजार ७ सय ३८ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३२ हजार २ सय ७९ मत ल्याएकी छन्।

उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ३५ हजार ८ सय ५० मतका साथ अग्रता लिइरहेकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार दिव्या शर्माले ३० हजार ५ सय मत ल्याएका छन् ।

वडा नम्बर २४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएपछि देवीले अग्रता बढाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप