शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरा महानगरमा काङ्ग्रेस–माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी

शुक्रबार, १२ जेठ २०७४, ०९ : ३०
शुक्रबार, १२ जेठ २०७४

काठमाडौं, जेठ १२ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै नेकपा एमालेले महानगरमा आफ्नो खाता खोलेको छ ।

ललितपुर महानगरमा झिनो अन्तरले पराजित भएको एमालेले मतगणना बाँकी रहेको अन्तिम वडा पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीमा विजयी भएपछि महानगरमा पहिलो जीत हासिल गरेको हो । भरतपोखरीमा शिव प्रसाद आचार्य सहितको एमाले प्यानल विजयी भएको थियो ।

योसँगै पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका हुन् ।

जिसीले ६० हजार ४२३ मत पाउँदा  उनका निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४७३ मत पाए ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले पनि कांग्रेस उम्मेदवार सरस्वती कुँवरलाई पराजित गरिन् । मञ्जुले ५६ हजार ४४८ मत पाउँदा सरस्वतीले ४४ हजार ३३८ मत मात्र प्राप्त गर्न सफल भइन् ।

मतगणना सम्पन्न हुन बाँकी काठमाडौँ र भरतपुर महानगरपालिकामा पनि एमालेकै अग्रता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप