भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा
शुक्रबार, १२ जेठ २०७४, ०९ : ३८
धनकुटा - जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ ।
धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको रु नौ करोडमध्ये पाँच करोड निकासा भएको जिल्ला समन्वय समिति, धनकुटाका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए ।
पहिलो किस्ताबापत रु ५० हजार वितरण गर्न सम्झौता गरिएका एक हजार पीडितलाई कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत रकम निकासा गरिएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
निकासी गरिएको रकम जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा रहेका वित्तीय संस्था धनकुटास्थित राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, माछापुच्छ«्रे बैंक, जनता बैंक, पाख्रिबास, लक्ष्मी बैंक, हिले र काबेली विकास बैंक, धनकुटा शाखामार्फत वितरण गर्ने तयारी गरिएको जनाइएको छ ।
आवास निर्माणका लागि पीडितहरु सम्बन्धित नगर र गाउँपालिकाका प्राविधिकको सल्लाह बमोजिमका भूकम्पप्रतिरोधात्मक घरनक्सा पास गरी निर्माणका तयारीमा रहेका स्थानीय प्राविधिकहरु बताउँछन् ।
जिल्लामा प्राविधिकसहितको अन्तिम सर्भेक्षण गरी चार हजार ४९२ घरधुरीमध्ये रु तीन लाख अनुदान रकम पाउने दुई हजार ७९६ घर निर्माणको तयारीमा रहेको स्थानीय विकास अधिकारी सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण