काठमाडौँमा एमालेलाई १६ हजारको अग्रता, रञ्जुले कटाइन् २० हजार
काठमाडौँ, जेठ १२ – काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले आफ्नो फराकिलो अग्रता कायम राखेको छ ।
पार्टीका उम्मेदवार विद्यासुन्दर शाक्य १६ हजार मतले अगाडि रहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार शाक्यले ५४ हजार ७ सय ८८ मत ल्याउँदा नेपाली काङ्ग्रेसका उम्मेदवार राजुराज जोशी ३८ हजार ७ सय ३८ मत मा समेटिएका छन् ।
उपमेयरमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ठूलो मतान्तरले अग्रता लिइरहेकी छिन् ।
उनको २० हजारभन्दा बढी मतको अग्रता रहेको छ ।
खड्गीले हालसम्म ५० हजार १ सय ८६ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठ २९ हजार ६ सय ७६ मत मा खुम्चिएका छन् ।
‘नयाँ शक्ति’ हरुको राम्रो प्रदर्शन जारी
महानगर प्रमुखकी कान्छी उम्मेदवार विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २० हजार मत कटाएकी छिन् ।
उनले हालसम्म २० हजार १ सय ९५ मत पाएकी छिन् भने साझा पार्टीका उम्मेदवार किशोर थापाले १५ हजार ६ सय ८९ मत पाएका छन् । दुवैले धेरै मत पाउँदा यसको प्रत्यक्ष असर नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार जोशीमाथि देखिएको छ ।
माओवादी केन्द्रका सर्वोत्तम डंगोल भने ६ हजार ३ सय ९८ मा समेटिएका छन् ।
उपमेयरमा साझा पार्टीकी निरुपमा यादवले ९ हजार १ सय १९ मत पाएकी छिन् भने माओवादी केन्द्रकी सुशीला पौडेल ८ हजार ५ सय ३५ मतमा सिमित भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण