महोत्तरीमा आँधीहुरी र वर्षाले लाखौँको क्षति
शुक्रबार, १२ जेठ २०७४, ०९ : ५१
गौशाला - आज एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पु¥याएको छ ।
आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पु¥याएको ठाउँठाउँबाट जानकारी आएको छ ।
आँधीहुरी र वर्षाले दर्जनौँ घर, स्कुल, अस्पताललगायतका छाना उडाएको छ भने कतिको घरबारसमेत लडेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।
अत्यधिक बेगमा आएको आँधीहुरीले जिल्लाका विभिन्न गाउँमा दर्जनौँ रुख ढलेका छन् भने कति ठाउँमा बिजुलीको पोलसमेत ढालेको प्रहरीले जनाएको छ ।
यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झाकाअनुसार आँधीहुरीसँगै आएको भीषण वर्षाले जिल्लामा रहेको आँप, लिचीमा ठूलो क्षति पु¥याएको छ भने सयौँ किसानको लाखौँ मूल्य बराबरको तरकारी बालीसमेत नष्ट पारेको छ ।
करिब एक घन्टासम्म जिल्लामा अविरल रुपमा चलेको तीव्रगतिको आँधीहुरीसँगै परेको भीषण वर्षाले सबैलाई भयभित बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण