रङ नम्बरका कारण एसिड हमलाकी पिडितले भेटिन् जीवन साथी
बिबिसी
मुम्बई, जेठ १२ – भारतमा एसिड हमलाकी पिडित ललिता बेन बन्सीले यसै हप्ता विवाह गरेकी छिन् ।
थानेमा भएको विवाह समारोहमा हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनिन्, ‘एसिड हमला, त्यसपछि १७ वटा अपरेसन । कसले सोचेको थियो होला मैले पनि माया पाउँछु भनेर ? तर, यो सम्भव भयो ।’
उनले आफ्नो जीवन साथी रवि शंकर भेट्टाउनु पछाडि पनि रोचक कहानी छ । समाचारमा उल्लेख भए अनुसार एउटा रङ नम्बरको कारण दुवैको भएको थियो ।
२६ वर्षीय ललितालाई सन् २०१२ मा आफ्नै परिवारका सदस्यले एसिड प्रहार गरेका थिए । त्यसपछि पनि माया पाउनु उनी चमत्कार भएको बताउँछिन् ।
विवाह समारोहमा विवेक ओबेरोयलगायत कयौँ बलिउड कलाकारहरु उपस्थित थिए । विवेकले रविलाई ‘असली हिरो’ को संज्ञा दिए । उनले ललितालाई उनको असली हालतमा माया दिएकोमा तारिफ गरे ।
‘मलाई शुरुदेखिनै उनी मनपर्यो,’ सिसिटीभी कम्पनीमा काम गर्ने २७ वर्षीय रवि भन्छन् ।
भारतमा हरेक वर्ष १ हजारभन्दा बढी एसिड हमला हुने गरेका छन् । जसमध्ये धेरै मामिला प्रहरीसम्म पुग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण