शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डोल्पा अस्पतालमा पहिलो पटक सुत्केरी महिलाको शल्यक्रिया, बच्चा आमा दुवै खतरामुक्त

शुक्रबार, १२ जेठ २०७४, १० : ०६
शुक्रबार, १२ जेठ २०७४

रामचन्द्र न्यौपाने

डोल्पा, १२ जेठ – डोल्पामा पहिलो पटक सुत्केरी महिलाको सफल शल्याक्रिया गरिएको छ । जिल्ला अस्पतालमा पहिलो पटक शल्याक्रिया गरिएपछि खतराको मुखमा पुगेकी एक सुत्केरी महिलाको ज्यान जोगीएको छ ।

यहाँको त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा ६ ल्हाँ की पुष्पा शाहीको शल्याक्रिया पछि आमा–बच्चा दुई जनाकै ज्यान जोगिएको हो ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर श्रीकान्त अग्रवालका अनुसार प्रसव पिडामा छटपटाई रहेकी शाहीलाई उपचारका लागि अस्पताल पु¥याईको थियो ।

उनको स्वास्थ्य जाँच गर्दा उनको पेटमा उल्टो हुनुको साथै बच्चा भन्दा पहिला सालनाल पाठेघरको मुखमा भएकाले उनको अवस्था अत्यन्तै खतरायुक्त भएकाले तुरुन्तै शल्याक्रिया थालिएको थियो । ‘करिब एक घण्टाको समय लगाएर शल्याक्रिया गरिएपछि आमा बच्चाको ज्यान जोगाउन सफल भइयो,’ डाक्टर अग्रवालले भने ।

डोल्पा जस्तो दुर्गम ठाउँमा जटिल प्रकतिको शल्याक्रिया सफलहुनु डोल्पालीका लागि खुशीको कुरा भएको उनको भनाई छ ।

पहिलो पटक गरिएको शल्याक्रियामा डाक्टर अनुप मंगल समल, डाक्टर श्रीकान्त अग्रवाल, डाक्टर लक्ष्मण नेपाल, नर्स स्वस्तीका हमाल, नर्स मनिता बि.कको टिम संलग्न रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप