शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्पकी श्रीमतीले शिर ढाकिन्, तर साउदीमा किन ढाकिनन् ?

शुक्रबार, १२ जेठ २०७४, १० : १३
शुक्रबार, १२ जेठ २०७४

बीबीसी

जेठ १२ – बुधबार अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प भ्याटिकन पुगेकी थिइन् । जुन पहिरनमा उनी त्यहाँ पुगिन् त्यसको सर्वव्यापी चर्चा भइरहेको छ ।

उनले घुँडासम्म कालो पहिरन लगाएकी थिइन् । यो पहिरनमा उनको दुबै हात ढाकिएको थियो र उनले आफ्नो टाउको पनि पूर्ण रुपमा ढाकेकी थिइन् ।

महिलाको यस्तो पहिरनलाई भ्याटिकन चर्चको सम्मानको रुपमा हेरिन्छ । मेलानिया ट्रम्पको यो पहिरनमा सबैको ध्यान गयो । राष्ट्रपति ट्रम्पकी श्रीमतीको रुपमा यो उनको पहिलो विदेश यात्रा थियो ।

यो यात्रामा बीबीसीका उत्तरी अमेरिकाका सम्पादक जोन सोपेल पनि थिए ।

उनले मेलानियाको यो पहिरन देखेपछि ट्वीट गरे, ‘यो ध्यान दिनुपर्ने कुरा हो । मेलानिया ट्रम्पले पोप फ्रान्सिससँग भेट्ने बेला आफ्नो टाउको ढाकिन् तर उनले साउदी अरबमा यस्तो गरिनन् ।’

यद्यपी, रोममा बीबीसीका डेविड विलिका लागि मेलानियाको यो कदम अचम्मित गरिदिने किसिमको थिएन ।

उनको भनाई अनुसार पोपसँगको भेटघाटका क्रममा नियमलाई निकै कडाईका साथ पालना गर्नुपर्छ । यो विषयमा ह्वाइट हाउसलाई पहिले नै सूचित गरिएको थियो ।

भ्याटिकनको वेबसाइटमा पोपलाई भेट्दा अपनाउनुपर्ने नियमबारे थाहा पाउन सकिन्छ । वेबसाइटका अनुसार कपडा शालिन हुनुपर्छ र हात पूर्ण रुपमा ढाकिएको हुनुपर्छ । विशेषगरी जब तपाईं पोपलाई चर्चमा भेट्नुहुन्छ ।

डेविडले टाउकोमा एउटा कालो सल हुनुपर्ने बताएका छन् । सलको रङकै हुनुपर्नेछ । यद्यपी, यसका अपवाद पनि छन् । एक क्याथोलिक महारानीलाई सेतो रङको सल टाउकोमा राख्ने अनुमती पनि दिइएको थियो ।

ट्रम्पका पूर्ववर्तीले पनि भ्याटिकनको नियमलाई पालना गरिरहेका छन् । मिशेल ओबामाले पनि सन् २००९ मा पोपसँग भेट्दा ड्रेस कोडको पालना गरेकी थिइन् । यस्तै हिलारी क्लिंटन र लौरा बुशले पनि राष्ट्रपतिकी श्रीमतीको रुपमा यो नियम अपनाएका थिए ।

आफ्नी सौतेनी आमाजस्तै इवांकाले पनि साउदीमा टाउको ढाकेकी थिइन् । इवांका इसाई नभएकाले यस्तो नगरेको बताइन्छ । इवांकाले धर्मपरिवर्तन गरेर यहूदी बनेकी थिइन् । यद्यपी, उनले भ्याटिकनमा आफ्नो टाउको ढाकिन् ।

साउदीमा मेलानियाले यस्तो किन गरिनन् ? साउदीमा विदेशी महिलाका लागि टाउको ढाक्नु आवश्यक छैन तर साउदीका महिलाका लागि यो जरुरी छ ।

जसरी भ्याटिकनले ह्वाइट हाउससँग ड्रेस कोडबारे स्पष्ट गरेका थिए त्यसरी नै साउदीले ड्रेसबारे कुनै नियम तोकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप