मलाई ‘बाहुबली’सँग डर लाग्दैनः सलमान खान
बीबीसी
जेठ १२ – बाहुबली टु – द कन्क्लूजनले हिन्दी फिल्म उद्योगको सबै रेकर्ड तोडेर १ हजार करोडभन्दा बढि कमाई गरेको छ । तर सलमान खानको भनाई अनुसार उनले बाहुबली–टु हेरेका त छैनन् तर त्यसको विशाल कारोबारबाट आफूलाई डर नलागेको बताएका छन् ।
मुम्बईमा भएको फिल्म ‘ट्युबलाइट’ को ट्रेलर लञ्चको क्रममा बाहुबलीको कारोबारमाथि हाँस्दै टिप्पणी गर्दै सलमान खानले भने, ‘बाहुबली चार वर्षमा बनेको हो र यति कारोबार गरिरहेको छ र म दुई वर्षमा फिल्म गर्छु भने ४ वर्षमा मेरो फिल्मको औसत कमाई त्यति नै हुनेछ ।’
यस्तै फिल्म ‘ट्युबलाइट’ को टिजर र गीत पनि मानिसहरुले निकै रुचाइरहेका छन् तर सलमानले फिल्मको ट्रेलर र टिजर हेर्दा निकै दुखी हुने गरेको बताउँछन् । यो दुःखका कारण अभिनेता ओम पुरी भएको उनी बताउँछन् । स्मरण रहोस्, ओमको लगभग पाँच महिना अघि हृदयघातका कारण असामयिक निधन भएको थियो ।
ओम पुरी र सलमान खानले थुप्रै फिल्ममा सँगै काम गरेका छन् । फिल्म ‘ट्युबलाइट’ मा पनि ओम पुरीले महत्वपूर्ण भूमिका निभाएका थिए ।
सलमान खानलाई फिल्मको ट्रेलर वा टिजर कस्तो लाग्यो भन्ने प्रश्न सोधियो तब उनले भने, ‘जहिले पनि फिल्मको ट्रेलरलाई हेर्छु तब ओम जीको याद आउँछ । मैले उनीसँग फिल्म खेलेको छु र अचानक एक बिहान उनी सधैंका लागि बिदा भए । पीडा र दुःख छ मलाई ।’
सलमान खानले ‘ट्युबलाईट’ फिल्ममा शारिरिक परिश्रम गर्नुपर्दैन तर भावनात्मक रुपमा फिल्मले उनलाई थकान महसुस गराएको स्विकार गरे ।
कबिर खानद्वारा निर्देशित फिल्म ‘ट्युबलाइट’ २५ जूनमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण