भक्तपुरको कार्यपालिकामा उम्मेदवारी दर्ता, निर्विरोध निर्वाचित
भक्तपुर, १२ जेठ । स्थानीय तहअन्तर्गत भक्तपुर नगरपालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
उम्मेदवारी दर्ता गर्नेहरुमा सुनिता प्रजापति– वडा नं ३, कृष्णलक्ष्मी दुवाल– वडा नं ४, सरिना द्योला– वडा नं ५, रोशनमैया सुवाल– वडा नं ६ र छोरीमैया सुजखू प्रजापति– वडा नं ९ रहेका छन् ।
स्थानीय तहसम्बन्धी ऐन, २०७३ को दफा ६ को उपदफा ३ बमोजिम नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँचजना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम भक्तपुर नगर कार्यपालिका सदस्यका लागि पाँचजनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।
ऐनको दफा ६ को उपदफा ४ अनुसार तीनजना दलित तथा अल्पसङ्ख्यक समुदायबाट कार्यपालिका सदस्य निर्वाचन गर्ने प्रावधानअनुसार भक्तपुर नगरपालिकाको हकमा कसैको पनि उम्मेदवारी परेन । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण