शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चीनको सीमामा भारतले सबैभन्दा लामो पुलको उद्घाटन गर्दै

शुक्रबार, १२ जेठ २०७४, ११ : १५
शुक्रबार, १२ जेठ २०७४

एजेन्सी

आसाम, चैत १२ – भारतले विवादीत राज्य अरुणाञ्जल प्रदेशमा अहिलेसम्मकै लामो पुल उद्घाटन गर्ने भएको छ ।

लोहित नदीमा ९.१५ किलोमिटर लामो पुल भारतमा सबैभन्दा लामो पुल हो ।

अरुणाञ्चल प्रदेशलाई चीनले आफ्नै बताउँदै यसलाई दक्षिणी तिब्बत भनेर भन्ने गरेको छ ।

हालै मात्र भारतले तिब्बती धार्मिक गुरु दलाई लामालाई अरुणाञ्चल प्रदेशमा भ्रमण गर्ने अनुमति दिएकोमा बेइजिङले कडा आलोचना गरेको थियो ।

तर, भारतले त्यसलाई आफ्नो अधिकार भएको बताएको थियो ।

भारतीय मन्त्री खिरेन रिजिजुले अरुणाञ्चल प्रदेश भारतकै हिस्सा भएको र कसैले नचाहँदैमा यो सत्य नबदलिने बताएका छन् ।

धौला सादिया पुलको निर्माण सन् २०११ मा शुरु भएको थियो ।

पुलपछि भारतले अरुणाञ्चलमा दुई लेनका ट्रान्स अरुणाञ्चल हाइवेको निर्माण गर्दैछ ।

सन् १९६२ को चीनसँगको युद्धपछि भारतले लामो समय अरुणाञ्चलमा पूर्वाधार विकास गरेको थिएन । चीनले आक्रमण गरेको खण्डमा त्यही पूर्वाधार प्रयोग गर्ने भन्दै भारतले त्यस्तो निर्णय गरेको पूर्व मेजर जेनेरल गगनजित सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप