अक्सिजनको बोतल चोरी हुन थालेपछि सगरमाथा आरोही चिन्तामा
नविन सिंह खड्का/ बीबीसी
जेठ १२ – सगरमाथा आरोहण गर्न आएका विदेशी आरोही र शेर्पा हाइ क्याम्पबाट अक्सिजनको बोतल चोरी हुने क्रम बढेपछि मर्कामा छन् ।
यसले आरोहीहरुको ज्यान नै जानसक्ने जोखिम भएकाले उनीहरु चिन्तामा भएको बताइएको छ ।
विशेषज्ञका अनुसार अनुभव नभएका आरोही र अयोग्य गाइडका कारण यस्तो परिस्थितीको श्रृजना भएको हो ।
‘माथि यस्तो स्थिती श्रृजना हुँदा भयानक स्थिती छ,’ निमा तेन्जी शेर्पा, सगरमाथा आरोहण गरेर फर्किएलगत्तै बीबीसीलाई बताए ।
‘मैले सगरमाथा आरोहण गर्ने समूहबाट उनीहरुको अक्सिजन बोतल चोरी भएको भन्ने घटना पटक–पटक सुन्ने गरेको छु जुन निकै खतरा हुनसक्छ । कतिले सगरमाथा आरोहण गर्ने क्रममा आफूले ल्याएको अक्सिजन प्रयोग गरिसकेको हुनसक्छ, ’ उनले भने ।
विदेशी आरोहीहरुले आफ्नो अक्सिजन बोतल चोरिएको बारे सोसल मिडियामा पनि उल्लेख गरेका छन् ।
‘ हाम्रो सप्लाईबाट अक्सिजनका अन्य सात बोतल हराएका छन्,’ एक्पिडिसन लिडर तिम मोसेडेलले गत सोमबार फेसबुकमा लेखे ।
‘यसपटक साउद कोल (चार नम्बर क्याम्प, ७,९०० मिटरको उचाईमा रहेको अन्तिम क्याम्प) ।’
‘धन्य, लोत्से आरोहण गरेका पेम्बासँग साउथ कोल जाने पर्याप्त अक्जिन गएर आफ्नो समस्या बारे जानकारी गराउन पायौं ।’
‘तर हामी केही दिन पछि फर्किएपछि पनि के ती बोतल त्यहीँ होलान् कि हराइसकेका हुन्छन् ?’
योभन्दा अघि मोसेडेलले सगरमाथा नजिकैको लोत्से पहाडमा भएको यस्तै घटनाबारे फेसबुकमा पोष्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण