आन्दोलनमा जाने राजपाको निष्कर्ष
काठमाडौं, जेठ १२– मधेस केन्द्रीय ५ पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चुनाव बहिष्कार गरेर आन्दोलनमा जाने निष्कर्षमा पुगेको छ । बिहिबार बिहान पार्टी कार्यालय बिजुलीबजारमा बसेको अध्यक्षमण्डलको बैठकले अहिलेकै अवस्थामा चुनावमा जान नसकिने ठहर गर्दै आन्दोलनमा जाने निर्णय गरिएको राजपा नेपालका एक नेताले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आन्दोलनका कार्यक्रम धर्ना, कोणसभादेखि बन्दहड्तालसम्मको हुने छ । राजपाले तय गरेको आन्दोलनका कार्यक्रमलाई संघीय गठबन्धनको बैठक बसेर अन्तिम रुप दिई आजै अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ । राजपाले संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै आएको छ । सरकारले राजपाकै माग पूरा गर्ने प्रयास स्वरुप जेठ ८ मा २२ स्थानीय तह थप्ने निर्णय गरेपनि एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ भने राजपाले नै पनि अस्विकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण