शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तीन जिल्लाका बालबालिकालाई बीस करोड वितरण

शुक्रबार, १२ जेठ २०७४, १२ : १२
शुक्रबार, १२ जेठ २०७४

काठमाडौँ, १२ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ ।

विभागले मानव विकास सूचकाङ्कमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकालाई उक्त रकम वितरण गरेको हो ।

विभागका महानिर्देशक अनिलकुमार ठाकुरका अनुसार आयआर्जन नभएका खान नपुग्ने परिवारका बालबालिकाको अवस्था हेरेर सो रकम बाँडिएको बताए । मासिक रु चार सयका दरले रुकुममा ६३ हजार ५४, अछाममा– ६ हजार ४५८ र बझाङमा १३ हजार ८२१ बालबालिकालाई रकम वितरण गरिएको हो ।

यसअघि विभागले कर्णाली अञ्चलका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई उक्त रकम प्रदान गर्दै आएको थियो । विभागले आगामी वर्ष महोत्तरी, कैलाली, डोटी, रसुवा, बाजुरा र जाजरकोटका बालबालिकालाई रकम वितरण गर्न रु एक अर्ब २५ करोड बजेट मन्त्रालयसँग माग गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप