विषालु च्याउ खाँदा झापामा नौ बिरामी
शुक्रबार, १२ जेठ २०७४, १२ : १४
दमक, १२ जेठ । विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।
घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे, १४ वर्षीय सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, सात वर्षीया सोनी घिमिरे, दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।
च्याउखाँदा सोही ठाउँकी २८ वर्षीया उमा घतानी, ११ वर्षीय इन्द्र घतानी र नौ वर्षीय चन्द्र घतानी तथा छोरी दुई वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ ।
बिरामीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण