राप्रपा महामन्त्रीले खोले हारको रहस्य
बैतडी, जेठ १२– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्तबहादुर चन्दले आफ्नो एजेन्डा जनतालाई बुझाउन नसक्दा पराजय भोग्नुपरेको बताएका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा गृह जिल्ला बैतडी पुगेका महामन्त्री चन्दले जनतासमक्ष राप्रपाको एजेन्डा प्रष्ट पार्न नसक्दा पराजित हुनुपरेको बताए ।
“निर्वाचनको मुखमा आएर सरकार छाड्नुले पनि हाम्रो यो अवस्था आएको हो,” उनले भने “एजेन्डाबाट विचलित नभएर दोस्रो चरणको चुनावमा जनतामा जान्छौ र सफल हुनेछौँ ।”
स्थानीय तहको निर्वाचनले देश समृद्घितिर लम्किने भएकाले दोस्रो चरणको निर्वाचन अनिवार्य रहेको उनको भनाई थियो । “निर्वाचन हुन नसकेमा देश अन्यांैलता तर्फ धकेलिन्छ” चन्दले भने । लोकतान्त्रिक अभ्यासमा हारजित स्वभाविक भएको बताउँदै उनले निर्वाचनमा पराजय भए पनि कार्यकर्तालाई निराश नभएर दोस्रोचरणको चुनावमा सक्रिय हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण