विवाहको प्रेसर घरभन्दा बढी मिडियाबाट –अभिनेत्री नम्रता
अभिनेत्री नम्रता श्रेष्ठ अहिले निकै चर्चामा छिन् । उनको चर्चाको प्रमुख कारण आज शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पर्व’ हो । करिब एक वर्षको अन्तरालमा उनको यो चलचित्र आएको छ । ‘पर्व’ आफ्नो अभिनय रहेको बेस्ट चलचित्र भएको उनी बताउँछिन् । यो चलचित्र निर्देशक दिनेश राउतले बनाएका हुन् । उनी पछिल्लो समय दिनेशको चलचित्रमा मात्र देखिएकी छन् । कतिपयले यस विषयलाई लिएर नम्रता र दिनेशको सम्बन्धमा प्रश्न उठाउने गरेका छन् । दिनेशको चलचित्रमा काम गर्दा आफूलाई सजिलो हुने भएको बताउने गरेकी छन् । स्वर्गीय निर्देशक आलोक नेवाङद्वारा निर्देशित ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी उनले आफ्नो जोडीमा आर्यन सिक्देल मात्र पर्फेट देखिने बताउँदै आएकी छन् । सौगात मल्ल सबैभन्दा मनपर्ने अभिनेता भएको बताउने उनी निर्देशकसँग लोकेसन हन्टिङको अफर गरे जाने बताउँछिन् । प्रस्तुत छ अभिनेत्री नम्रतासँग रातोपाटीले राखेको दस प्रश्न :
मेकअप र पार्लरमा कति खर्च गर्नुहुन्छ ? – म धेरै पार्लर जाँदिनँ । मेकअप पनि धेरै गर्न मनपर्दैन । कहिले काहीँ मसाज जाने गर्दछु । फिसियल गर्न पनि मन पर्दैन । बुझ्नुस् धेरै खर्च गर्दिनँ ।
फेसनप्रति रुचि कतिको छ, कि छैन ? –रुचि छ, तर अत्यधिक होइन । बाहिर निस्किएको बेलामा पर्यो भने एकै पटक १०–१५ जोर पहिरन पनि किन्ने गरेकी छु । तर रेगुलर यस्तो किन्नु पर्छ, लगाउनु पर्छ वा बनाउनु पर्छ भन्ने छैन । आफूलाई सुहाउने, राम्रो लाग्ने पहिरन लगाउँछु । वान पिस, पाइन्ट, टिसर्ट बढी मनपर्छ ।
के हेरेर चलचित्र छान्ने गर्नुभएको छ ? –पहिलो त चलचित्रको कथा नै हो । त्यसपछि चलचित्रमा काम गर्ने टिम हेर्छु । किनभने काम गर्दा टिम रामै्र भएन भने गरेको कामको रिजल्ट राम्रो आउँदैन ।
अभिनयको डेब्यु गर्न कस्तो दुःख गर्नु पर्यो ? – यो मामलामा म आफूलाई निक्कै लक्की मान्छु । किनभने मैले अभिनयमा आउन कसैको चाकडी, चाप्लुसी गर्नु परेन । चलचित्र सानो संसारको अडिसन दिएकी थिएँ । त्यो अडिसनमा छानिएपछि लगातार चलचित्र पाएँ ।
अभिनयले तपाईंको सपना पूरा गर्यो कि गरेन ? –मैले जे सोच लिएर चलचित्र सानो संसारबाट अभिनयमा प्रवेश गरेकी थिएँ । त्यो पूरा भयो । अभिनयबाट आफूले देखेको सपना केही पूरा भयो केही पुग्न बाँकी छ ।
घरबाट विवाहको प्रेसर पनि आउँछ होला नि ? – घरबाट त विवाहको प्रेसर आउँदैन । जति प्रेसर मिडियाबाट नै आउने गरेको छ । विवाह कहिले गर्ने, कोसँग गर्ने आदि इत्यादी प्रश्न बारम्बार आउँछन् । घरबाट त जहिले कम्फर्टेबल लाग्छ त्यतिबेला गर भनेर छुट दिनु भएको छ ।
कस्तो पुरुष मनपर्छ ? –यस्तो उस्तो भन्दा पनि भेटेर कुराकानी गरेपछि मात्र भन्न सकिन्छ । अहिले यस्तो भनेर भन्न सक्दिनँ ।
कुन हिरो मनपर्छ र किन ? –आर्यन सिग्देल मनपर्छ । उनको अभिनय पनि राम्रो लाग्छ । अभिनयमा मेरो जोडी पनि उनीसँग नै बढी सुहाउँछ ।
भुल्न नसक्ने घटना पनि होलान् नि ? –अभिनयको सिलसिलमा जीवनमा घट्ने त्यस्ता घटना धेरै छन् । तर अभिनय सकिएपछि ती सबै सामान्य लाग्छन् । जीवनमा भन्नुपर्ने त्यस्तो तीतो अनुभव पनि केही छैन ।
लोकेसन हन्टिङको नाममा निर्देशकले डेट लान्छन् भनिन्छ नि । जानु भएको छ कि छैन ? –मलाई त्यस्तो अनुभव नै छैन । अहिलेसम्म कुनै पनि निर्देशकले लोकेसन हन्टिङमा लगेका पनि छैनन् । प्रस्ताव गरेका पनि छैनन् । यस्तो प्रस्ताव आए लोकेसन हेर्न र ठाउँ घुम्न जाने थिएँ । किनभने निर्देशकहरुसँग लोकेसन हन्टिङमा जाँदा धेरै कुरा सिक्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण