सामान्य प्रशासन मन्त्रीको कर्मचारीलाई यस्तो निर्देशन
शुक्रबार, १२ जेठ २०७४, १२ : २२
काठमाडौं, जेठ १२–सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले जनताको घरदैलोमा पुग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्री बुढाथोकीले राजनीतिक कार्यकर्ताहरु जनताको घरदैलोमा पुगी सकेको उल्लेख गर्दै अव कर्मचारीहरु पनि पुग्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।
उनले स्थानीय तहको पहिलो निर्वाचनसँगै राजनीतिक कार्यकर्ताहरु जनताको घरदैलोमा पुगिसकेको बताए ।
सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगेपछि त्यहाँ सहज ढंगले सेवा प्रवाह गर्नु आजको मुख्य चुनौति रहेको धारणा पनि उनले बताए ।
उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन, अनुगमन समितिद्धारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले राजनीतिक दलहरुले परिकल्पना गरेको व्यवस्था जनताको घरदैलोमा पुगेपनि त्यस अनुसारको सुवा, सुविधा उपलब्ध गराउने अनुभव भने नरहेको समेत गरे ।
मन्त्री बुढाथोकीले कर्मचारीहरुलाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पु¥याउन सरकार प्रतिवद्ध रहेको पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण