फ्राइडे फिल्ममा पर्व भर्सेस हिटलर : सामियासँग नम्रताको टक्कर
काठमाडौं, जेठ १२ – फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् ‘पर्व’ र ‘हिटलर’ ।यी दुबै चलचित्र देशभर एकसाथ लागेका छन् । ‘पर्व’ साइको थ्रिलर चलचित्र हो, भने ‘हिटलर’ले प्रेमकथा उठाएको छ ।
‘पर्व’
दिनेश राउतको निर्देशन रहेको चलचित्र हो । चलचित्रको ‘काले दाई काले दाई’ बोलको गीत हिट भइसकेको छ । बुधबार प्रिमिएर गरिएको चलचित्रले प्रिमियरमा सबैबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।
टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
‘हिटलर’
सौरभ ढकालले निर्देशन गरेको ‘हिटलर’मा सोहित मानन्धर र नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका रहेको छ । ए गुरुङ र मेनुका प्रधान समेतको अभिनय रहेको चलचित्र अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भएको हो । कमेडी र प्रेम कथामा बनेको बताइएको चलचित्रको ट्रेलर र गीत दर्शकले रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण