अमेरिकामा फेरि नेपाली फिल्म अवार्ड
काठमाडौं, जेठ १२ – अमेरिकामा गतवर्षदेखी सुरुभएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को दोस्रो संस्करण यसवर्ष कोलोराडोमा आगामी अगस्टमा हुने भएको छ ।
आयोजक नेपाल फिल्म सोसाइटी र ग्लोबल फिल्म अवार्डले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो । सम्मेलनमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले विदेशमा हुने यस प्रकारको अवार्ड चलचित्रकर्मीलाई सम्मानमात्रै नभई नेपाली चलचित्रको अन्तराष्ट्रियकरण एवं देशको पर्यटन विकासका लागि पनि आधार पनि हुने बताए । । नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, नेपालमा सिनेमा टुरिजमको विकास गर्न, सुटिङ डेस्टिनेशनका रुपमा चिनाउन अमेरिकामा अवार्ड आयोजना गरिएको कार्यक्रममा जानकारी दिइयो ।
– ‘हरेक अवार्ड निर्णायकको दृष्टिकोण र मुल्यांकनका आधारमा हुन्छ तर यो अवार्ड चलचित्र र कलाकारको लोकप्रियताका आधारमा तय गरिने अवार्ड अध्यक्ष मल्लले बताए ।
–‘मेरो लक्ष्य ओस्कार अवार्ड हो । त्यसका लागि ग्लोबल नेपाली फिल्म अवार्डले मलाई एक कदम अघि पु¥याएको अनुभूती भएको छ’, अभिनेता थापाले भने ।
–चलचित्र विकास बोर्डका सदस्य अशोकप्यासी राईले अवार्डलाई सफल बनाउन गतवर्षजस्तै यसवर्ष पनि बोर्डको साथ र सहयोग रहने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण