काठमाडौँ– १३ मा एमाले समूह विजयी
शुक्रबार, १२ जेठ २०७४, १३ : ००
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा एमालेका धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी भएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र मानन्धरले एक हजार ९३६ मत ल्याए । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार सो वडामा एमालेको पुरै समूह विजयी भएको छ ।
महिला सदस्यमा तारादेवी मानन्धर दुई हजार ९९७ मत, दलित महिला सदस्यमा मैया देउला दुई हजार ८८५, खुल्ला सदस्यतर्फ रामबाबु कोइरालाले दुई हजार ४१२ र सुन्दरराज वैद्यले दुई हजार ७१९ मत ल्याई विजयी भएका छन् ।
हालसम्ममा २५ वटा वडाको मत परिणाम सार्वजनिक भएकोमा १४ वटा वडामा एमाले र ११ वटामा काँग्रेस विजयी भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण