बेनी नगरपालिकाका प्रमुख श्रेष्ठ भन्छन्, ‘योजनाबद्ध तवरले विकास गरिन्छ’
म्याग्दी, १२ जेठ । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनी नगरभित्र योजनाबद्ध तवरले विकासका कार्यक्रम अघि बढाइने बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिका लागि बेनीस्थित क्याम्पसचोक टोल सुधार तथा संरक्षण समितिले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रका हरेक बस्तीमा अनुभूति हुनेगरी योजनाबद्धरुपमा विकासका योजनामा बजेट विनियोजन गर्ने र योजना निर्माण प्रक्रियामा सबै सरोकारवालाको सहभागिता गराउने प्रतिबद्धता समेत जनाए ।
‘अहिले नै यो काम गर्छु भन्ने र बोल्ने अवस्था छैन, विकासकालागि योजना बनाउनुपर्ने आवश्यकता छ, गर्नुपर्ने काम धेरै भएकाले योजनाबद्ध तवरले अगाडि बढ्ने सोच बनाएको छु,’–प्रमुख श्रेष्ठले भने ।
समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडा नं– ७ र ८ बाट निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण