शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फर्स्ट लेडीका बिचमा फर्स्ट जेन्टलम्यान ! यी हुन् लग्जम्बर्गका समलिङ्गी प्रधानमन्त्रीका श्रीमान्

शुक्रबार, १२ जेठ २०७४, १३ : ११
शुक्रबार, १२ जेठ २०७४

डेली मेल

जेठ १२ – लग्जम्बर्गका समलिङ्गी प्रधानमन्त्री जेभिएर बेटलका श्रीमानले नेटो  कन्फरेन्सका बेला विश्वका अन्य नेताका श्रीमती र प्रेमिकासँग रमाइलो गरिरहेको देखिएको छ ।

गथिएर डेस्टिने, बेल्जियमका आर्किटेक्ट, ले बिहिबार अमेरिकाकी फर्स्ट लेडी मेलानिया ट्रम्पसहित विश्वका अन्य नेताका श्रीमती र प्रेमिकासँग सामूहिक तस्बिर खिचाएका छन् ।

द फर्स्ट जेन्टलम्यानले आफ्ना प्रधानमन्त्री श्रीमानसँग सन् २०१५ मा विवाह गरेका हुन् ।

कालो सुट र खैरो टाइ लगाएका डेस्टेने विश्वका आकर्षक जीवनसाथीसँग निकै हँसिलो हाउभाउसहित प्रस्तुत भए ।

फोटोमा उनी मेलानिया ट्रम्पको पछाडि उभिएका छन् ।

अन्य महिलाभन्दा फरक, डेस्टेनेले एक दिनअघि माग्रिट म्युजियममा घुम्न जाने बेलामा लगाएको सुट र टाई नै लगाएर दोस्रो दिन उपस्थित भए ।

डेस्टेनेका श्रीमान् युरोपियन युनियनका पहिलो समलिङ्गी नेता बन्न सफल भए । यी दुईले दुई वर्ष अघि सानो कार्यक्रमको आयोजना गरि विवाह गरेका हुन् ।

लक्जम्बर्गले समलिङ्गी विवाहलाई वैधानिकता दिएको केही महिनाभित्रै यी दुइले विवाह गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप