सशस्त्र प्रहरीद्वारा लाखौको कपडा बरामद
शुक्रबार, १२ जेठ २०७४, १३ : १०
रौतहट, जेठ १२–सशस्त्र प्रहरी रुद्र बाहिनि बारा पथलैयाको टोलीले रौतहटबाट लाखौं मुल्यको भारतीय कपडा सहितको जिप बरामद गरेको छ ।
भन्सार कर्मचारीको मिलोमतोमा भारतीय कपडाको न्युनतम मुल्य राखी राजश्व छली नेपाल ल्याउदै गरेको सुुचनाका आधारमा कपडा सहितको जिप बरामद गरेको
डिआइजी नरेन्द्र कुमार शिंहले बताए ।
प्रहरीले फतुुआ पुल नजिकैबाट कपडासहितको जिप बरामद गरेको जनाएको छ ।
ना ३ च २३७६ नम्बरको म्याजिक जीपमा लाखौंमुुल्य बराबरको सातपोका कपडा बारा कोलवी स्थित सुुजित बस्त्रालयको नाउमा जान लागेको र उक्त कपडाको मुल्य भन्सार एकलाख ४६ हजार आठसय ३० तोकिएको प्रहरीले जनाएको छ ।
बरामद कपडा,गाडी र चालक सखआधमौरा ४ का बिजय चौधरीलाई आवश्यक कारवाहीका लागी राजश्व कार्यालय पथलैया पठाईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी भगवान मल्लले जनाएका छन । सशस्त्र प्रहरी स्रोतका अनुसार बरामद कपडा साविक गौर नपा २ हाल १ घर भएका कौशल साहको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण