महानगर प्रमुख जिसी भन्छन्, ‘मतदाताको मन जित्ने गरी काम गर्छु’
पोखरा, १२ जेठ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पर्यटकीय नगरी पोखरा लेखनाथलाई एक उत्कृष्ट महानगरपालिका बनाउने बताए ।
आपूm यसअघि एउटा पार्टीको कार्यकर्ता भए पनि जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि अव सबै महानगरवासीको साझा व्यक्ति भएको उनको भनाइ थियो । “मतदाताको मन जित्ने गरी काम गर्छु,” उनले भने ।
महानगरपालिका– २८ मा २०१७ साल भदौ १७ गते जन्मनुभएका जिसीले विएडसम्मको शिक्षा हासिल गरेका छन् । विसं २०३७ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति थालेका जिसीले २०४१ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए ।
उनी नेकपा एमाले कालिकागाउँ कमिटिको सचिव, इलाका नं – ४ कास्कीको सचिव, २०५० मा निर्वाचित जिल्ला कमिटी सदस्य, २०५४ मा एमाले जिल्ला कमिटिको उपसचिव र २०५८ देखि २०६० सालसम्म जिल्ला कमिटीको सचिव तथा २०६६ देखि २०७० सम्म पार्टीको आठौँं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी सम्हालेका थिए ।
हाल उहाँ एमाले केन्द्रीय कमिटिको वैकल्पिक सदस्य एवम् कास्की जिल्ला इन्चार्ज, प्रदेश नं– ४ को कार्यालय सचिव छन् । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं– १ बाट जिसी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापासँग २७२ मतले पराजित भएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण