शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एक महिनामै निजगढ–पतौरा खण्डको कालोपत्रे फुुट्न थाल्यो

शुक्रबार, १२ जेठ २०७४, १३ : १२
शुक्रबार, १२ जेठ २०७४

रौतहट, जेठ १२– जिल्लाको पश्चिमीभेग स्थित निजगढ,पतौरा,बंकुल,गौर मर्यादपुर सडक खण्डमा गभैरहेको सडक पिचको काम गुणस्तरहिन भएको पाइएको छ ।

सडक डिभिजन चन्द्रनिगाहपुरसंग रसुुवा,आश्रय र जेवीले ठेक्का लिएर एक महिना अघिमात्र गरेको सन्तपुर दोस्तियाको कालोपत्रे भत्किन थालेको हो । पाँच करोड,२५लाख,९७ हजार,सातसय ५९रुपैयाँ भ्याट सहितको ठेक्कामा भएको सो कामको गुुणस्तर जाँचका लागी स्थानीयले अख्तियार दुुरुपयोग अनुुसन्ंधान कार्यालय हेटौंडामा उजुुरी समेत दिएका छन । बिजयपुर गाँउपालिका अन्तरगत बरगिनिया चोकदेखी सन्तपुुर दोस्तियासम्म तीनहजार दुुईसय मिटर सडक कालोपत्रे गरेको एक महिना नबित्दै ठाँउ ठाँउमा फुटन थालेको हो । स्थानिय फतुवा बिजयपुर २ का जयमंंगल यादवले बताएका छन् । करोडौंको लागतमा निर्माण हुने सडक गुणस्तरहिन हुँदा पनि कुनै निकायले वास्ता नगरेका कारण आफुले छानबिनका लागि अख्तियार कार्यालय हेटौंडामा लिखित उुजुुरी दिएको अर्का स्थानिय सियाराम यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप