शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोटमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

शुक्रबार, १२ जेठ २०७४, १३ : ५७
शुक्रबार, १२ जेठ २०७४

नुवाकोट १२ जेठ । नुवाकोटमा जङ्गली च्याउ खाएर मेघाङ– ३ देउरालीका पाँचजना विरामी भएका छन् । बिरामी हुनेमा वीरबहादुर तामाङ, उहाँको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ रहेका छन् ।

सोही च्याउ खाएर छिमेकी घरका शुकुमाया तामाङ र उनको नातिनी चाँदनी तामाङ पनि बिरामी परेको देउराली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रले जानकारी दिए ।

बिरामीमध्ये वीरबहादुर, सुमित्रा र शुकुमायाको अवस्था गम्भीर छ । उनीहरुको त्रिशूली जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारको लागि काठमाडाँैस्थित ग्रिनसिटी अस्पताल लगिएको छ । जङ्गलबाट ल्ल्याएको च्याउ वीरबहादुरको घरमा पकाएर छिमेकीलाई समेत बाँढेर हिजो साँँझको खानासँगै खाएलगत्तै टाउको दुख्ने, बान्ता हुने र बेहोस भएपछि छिमेकीको सहयोगमा बिरामीलाई उपचारको लागि अस्पताल लागिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप