काँग्रेसले तीन दिन भित्र ४ सय ६१ वटै स्थानीय तहको उम्मेदवार तय गर्ने (भिडियो)
काठमाडौँ, जेठ १२ – नेपाली काँग्रेसले तीन दिन भित्र स्थानीय तहको दोस्रो चरणको निर्वाचनको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।
काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले तीन दिन भित्र ४ सय ६१ वटै स्थानीय तहका लािग पार्टीले उम्मेदवार तय गर्ने जानकारी दिएका हुन् ।
शुक्रबार बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रदेश नम्बर १ र ७ नम्बरबाट स्थानीय तहको निर्वाचनमा उठने उम्मेदवारको सूचि भने तयार पारेको छ । विवादित ठाउँको उम्मेदवारी भने सम्बन्धित क्षेत्रको पार्टी समितिको सुझावको आधारमा मात्रै टुंगो लगाउने काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसले प्रदेश नम्बर २ र ५ नम्बरका पनि धेरैजसो ठाउँमा सर्वसम्मतिमै उम्मेदवार तय भएको र विवादित ठाउँमा भने सहमति जुटाउने गरी आन्तरिक छलफललाई तीव्रता दिइएको पनि स्पष्ट पारेको छ । जेठ १९ गते उम्मेदवारको मनोनयन गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
महामन्त्री कोइरालाले सरकार गठनका विषयमा भने आन्तरिक छलफल सुरु नगरिएको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण