शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘बाबु कान्छा’ बाट शम्भुजीतको कमब्याक

शुक्रबार, १२ जेठ २०७४, १३ : ५७
शुक्रबार, १२ जेठ २०७४

काठमाडौं, जेठ १२ – लामो समयदेखि चलचित्रको गीत–संगीतबाट टाढा रहँदै आएका संगीतकार शम्भुजीत बास्कोटा चलचित्रमा फर्किएका छन् । निर्देशक शोभित बस्नेतले आफ्नो चलचित्र ‘बाबु कान्छा’ मार्फत शम्भुजीतालाई फर्काएका हुन् ।

‘बाबु कान्छा’को एक गीत शम्भुजीतले आफ्नो आवाजमा रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीत बिहिबार संगीतकारकै स्टुडियोमा रेकर्ड गरिएको हो ।

निर्देशक शोभितले आफ्नो चलचित्रको गीत शम्भुजीतले गाएको खुसी तस्बिर सहित फेसबुक मार्फत शेयर गरेका छन् ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘बाबु कान्छा’मा उनका छोरा सलोन बस्नेतको मुख्य भुमिका रहेको छ ।

शोभितको यो २९ औ चलचित्र हुनेछ । ७५ देखि ८० लाख लागतमा निर्माण हुने चलचित्रका कार्यकरी निर्माता पत्रकार रबि अधिकारी हुन् । चलचित्र अहिले छायाँकनको अन्तिम चरणमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप