माओबादी केन्द्रले बनायो दशमध्ये पाँचमा महिलालाई प्रमुख
रामधन बेदना
खोटाङ, जेठ १२ – नेकपा माओबादी केन्द्र खोटाङले जिल्लाका दशवटा पालिकामध्ये पाँच पालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ । दुई नगर र आठ गाउँपालिका रहेको खोटाङमा रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा पुर्ब सभाषद् दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा.चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली (रश्मी), बराहपोखरी गाउँपालिका प्रमुखमा निसाना राई र जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाएको हो ।
माओबादी केन्द्रले हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा हरिश्चन्द्र गिरी, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा श्रीबहादुर राई, उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिकाको प्रमुखमा अर्जुनकुमार खड्का, उपप्रमुखमा बिर्सिका राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा राजन ढकाल र उपप्रमुखमा बिनिता राई, दिप्रुङ गाउँपालिकाको प्रमुखमा दिपक पाण्डे आकाश र उपप्रमुखमा कल्पना राई सोनियालाई उठाएको छ ।
रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा बिनोद आचार्य, लामीडाँडा गाउँपालिकाको उपप्रमुखमा भुवराज पोखरेल, केपीलासगढी नगरपालिकामा रुद्रकुमार राई, जन्तेढुंगा गाउँपालिकामा बिरबल किराती, बराहपोखरी गाउँपालिकाको उपप्रमुखमा सुवासचन्द्र राई उम्मेदवार छन् । हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरको टुंगो लाग्न बाँकी रहेको माओबादी नेता सुरेश राईले बताए ।
पिछडिएका वर्ग, लिङ्ग र जातजातिलाई राज्यको नीति निर्माण तहसम्म पु¥याउने पार्टीको नीतिअनुरुप पाँच वटा प्रमुख पदमा महिलालाई टिकट दिइएको माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा खोटाङ इन्चार्ज ध्रुव बुढाथोकी (धिरेन)ले बताए । राजनीतिक क्रियाशीलता र नेतृत्व क्षमताको आधारमा आगामी निर्वाचनका लागि उम्मेदवार बनाएको ईन्चार्ज बुढाथोकीको भनाई छ ।
जिल्लाका अन्य राजनीतिक दलले आकांक्षीको संख्या धेरै हुँदा अहिलेसम्म उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । १२ वटा राजनीतिक दल क्रियाशील रहेको खोटाङमा माओवादी केन्द्रबाहेक अन्य दलबाट प्रमुख पदमा महिला उम्मेदवार बन्ने सम्भावना नरहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण