शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमालेको अवरोधपछि सभामुखले ३ दलका शीर्ष नेतासँग छलफल गर्दै

शुक्रबार, १२ जेठ २०७४, १४ : ३१
शुक्रबार, १२ जेठ २०७४

काठमाडौँ, जेठ १२ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार तीन दिनदेखि संसद अवरोध जारी राखेपछि सभामुख ओनसरी घतीले तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् ।

शुक्रबार दिउँसो ३ः३० बजे शीर्ष नेताहरुसँग छलफल गर्ने सभामुख घर्तीले जानकारी दिएकी हुन् ।

‘निति कार्यक्रम र बजेट अगाडि छ। आज पनि गतिरोध हटेन, संसद अबरुद्ध भयो। यस्तो अवस्था कहिले सम्म ? ३ दलका शीर्ष नेतासंग ३ः३० मा छलफल गर्दैछ,’ ओनसरीले बताएकी छिन् ।

निति कार्यक्रम र बजेट अगाडि छ। अाज पनि गतिरोध हटेन, संसद अबरुद्ध भयाे। यस्ताे अवस्था कहिले सम्म? ३ दलका शीर्ष नेतासंग ३:३० मा छलफल गर्दैछु।

आज १ बजे बोलाइएको बैठक पनि एमालेको अवरोधपछि स्थगित भएको थियो । सरकारले स्थानीय तहको संख्या थप गरेको विरोधमा एमालेले संसद अवरुद्ध गरिरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप