शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्ड सरकारले राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गर्‍योः माओवादी प्रवक्ता

शुक्रबार, १२ जेठ २०७४, १५ : ०४
शुक्रबार, १२ जेठ २०७४

भक्तपुर, जेठ १२–नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गरेको दावी गरेको छ ।

पार्टीकी प्रवक्ता पम्फा भुसालले आफनो पार्टी नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गरेको बताएकी हुन् । उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम भने नआएको पनि दोहो-याइन् । शुक्रबार भक्तपुरमा स्थानीय संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता भुसालले निर्वाचनमा हार व्यहोरेपनि जनताले आफ्नो पार्टीलाई सम्मानजनक मत दिएको पनि स्मरण गराइन् । उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा र कार्यान्वयन गर्ने काम गरेर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधानलाई कार्यान्वयन गराउन महत्वपूर्ण योगदान दिएको पनि उल्लेख गरिन् ।

प्रवक्ता भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई लिएर अनावश्यक टिप्पणी गरिरहन नपर्ने पनि प्रतिक्रिया दिइन् । बजेट र नीति तथा कार्यक्रम नियमित रुपमा आउने प्रक्रिया भएकाले यसलाई टिप्पणीको विषय बनाउनुको औचित्य नरहेको तर्क गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप