चट्याङ लागेर शुक्रवारमात्रै दुईको मृत्यु
काठमाडौँ, जेठ १२– वर्षायाम सँगै चट्याङ पर्ने क्रम बढेको छ । शुक्रबार मात्रै चट्याङ लागेर २ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ ईच्छापुर बस्ने ४० बर्षीया ईन्द्रकला देवी महतो बगैँचामा आँप टिप्न पुगेकी थिईन् । आँप टिप्ने क्रममा शुक्रबार चट्याङ लागेर उनको घट्नास्थलमै मृत्यु भएको छ । यसैबिच, जाजरकोटको जुनीसांझे–५ मटेला बस्ने १३ बर्षीया दिला परियारको विहीबार काले खोलामा काफल खान गएको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने १४ बर्षीया हिरा परियार र १४ बर्षीया मालिका बस्नेत सामान्य घाइते भएका छन् । त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–४ वीरनगर बस्ने रामभक्त चौधरीको आँप बगैचामा शुक्रबार अचानक चट्याङ पर्दा आँप बगैचामा काम गरी रहेकी निजको श्रीमती २५ बर्षीया रबिना चौधरीको घट्नास्थलमा नै मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण