माछा मार्ने जालमा अड्किएर राष्ट्रिय निकुञ्जको एकमात्र भाले घडियाल गोहीको मृत्यु
शुक्रबार, १२ जेठ २०७४, १५ : १०
चितवन, १२ जेठ । चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा बस्दै आएको घडियाल गोही महाजालमा अड्किएर मरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार चितवनको गोलाघाट क्षेत्र आसपासमा बस्दै आएको एकमात्र वयस्क भाले घडियाल गोही जालमा अड्किएर मरेको हो । विश्वमा घडियाल गोहीलाई दुर्लभ मान्ने गरिन्छ ।
खोरिया मुहान क्षेत्रमा जालमा अड्किएर मरेको अवस्थामा दुर्लभ गोही फेला पारिएको थियो । ‘मुखमा जाल बेरिएको पाइयो’ कँडेलले भने ।
“माछा मार्ने सिजन नै नभएका बेला घटना हुनु, यो भन्दा दुःखद अरु के हुनसक्छ ।” माछा मार्न प्रयोग गरिएको ‘तियारी जाल’ महाजालमा अड्किएर गोही मरेको भन्दै उनले अझै पनि मानिसमा चेतनाको अभाव देखिएको बताए ।
माछा मार्नका लागि बन्देज लगाइएको तियारी जाल अझै लुकीचोरी प्रयोग हुँदै आएको छ । यसअघि पनि विभिन्न समयमा जालमा अड्किएर गोही मरेको निकुन्जले जनाइएको छ ।
निकुञ्जको गोलाघाट आसपासको करिब २०–२५ किलोमिटर क्षेत्रमा डुल्दै आएको भाले गोही मरेकाले सो क्षेत्रमा प्रजनन्का लागि समेत गोहीको अभाव हुने कँडेलले बताए ।
यी दुई नदीमा भाले गोहीको सङ्ख्या निकै कम छ । बिहीबार साँझ मरेको गोहीलाई नजिकै रहेको पोस्टमा गाडिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
चितवनमा घडियाल गोही गैंँडा भन्दा पनि दुर्लभ मानिन्छ । घडियाल लोपोन्मुख बनेपछि चितवन निकुञ्जले घडियाल प्रजनन् केन्द्र नै स्थापना गरेर गोही हुर्काउँदै नदीमा छाड्दै गरे पनि प्राकृतिक बासस्थानमा १० प्रतिशत मात्रै बाँच्ने गरेको छ । नदी प्रदूषण हुनु नै गोही लोप हुनुको मुख्य कारण रहेको संरक्षणकर्मी बताउँछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण