सुरु भयो हरिबहादुर किताब यात्रा
काठमाडौं, वैशाख १२–हास्यकलाकार हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’लाई आममानिससम्म पु¥याउने उद्धेश्यले गरिएको ‘हरिबहादुर किताबयात्रा’को शुभारम्भ आज भएको छ । ग्राण्ड होटल ताहचलमा आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताबयात्राका समूहलाई विदाई गरेर हरिबहादुर किताब यात्राको औपचारिक शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले भने, ‘पुस्तक लेखिन्छ तर त्यसलाई बजारमा पु¥याउने कामत्यतिव्ववस्थित रुपमा गरिँदैन । यस यात्रालाई पुस्तकलाई पाठकसम्म महत्वपूर्ण काम गर्छ भन्ने लाग्छ ।’ उनले थपे, ‘“चिना हराएको मान्छे”को प्रकाशनपछि आत्मकथाको एउटा लहर नै आएको थियो ।“हरिबहादुर”को प्रकाशनपछि उपन्यास लेखनमाअर्को लहर आउँछ भन्ने मलाई विश्वास छ ।’ प्रकाशन गृह फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले भने, ‘फाइनप्रिन्टको स्थापनाकालदेखि नै पुस्तक प्रवद्र्धनकानयाँनयाँप्रयोग गरेर पुस्तककोबजार विस्तार गर्दे लैजाने हाम्रो प्रयास रहदै आएको छ । यो किताबयात्रा त्यसैको पछिल्लो कडी हो ।’ उनले थपे, ‘हामीपहिले पनिकिताबयात्रामागएका छौं तर एउटा बस, एउटा ट्रकसहित १६ जनाको टिम लिएर व्यवस्थिततरिकाबाट किताबयात्रागरिएको यो सम्भवत नेपालमापहिलो हो ।’ लेखक आचार्यले भने, ‘पठनसंस्कृतिलाई व्यवसायिकतासँग जोड्ने राम्रो प्रयास हो यो किताबयात्रा । यस यात्रामा मैले पूर्वदेखि पश्चिमसम्मका पाठकहरुसँग प्रत्यक्ष संवादगर्नेछु । यो मेरोलागि सर्वधानौलो अनुभवहुनेछ । साथै, यो मेरा लागि पाठकहरुको कुरा सुन्ने राम्रो मौकापनिहुनेछ ।’ हरिबहादुर किताबयात्रापोखरा बुटवल, दांग, सुर्खेत, कोहलपुर, धनगढी, चितवन, बिर्तामोड, विराटनगर, धरान र सिन्धुली गरी ११ ठाउँमा हुनेछ । यात्राको अवधि १४ दिन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण